ताजा समाचार

शम्भु थापाको प्रश्न- पदमुक्त प्रधानमन्त्री संसदमा नजाने, विश्वासको मत नलिने अनि राष्ट्रपतिकहाँ विश्वास छ भनेर जाने ?

काठमाडाैँ ।  दिनभित्र विश्वासको मत लिनुपर्छ । मत नै पाउन सक्दिन भनेपछि त्यो पदमुक्त प्रधानमन्त्री हो । सरकार गठनसम्बन्धी संविधानको आधारभूत संरचना हेरौं ।

धारा ७६ को उपधारा ३ अनुसार ठूलो पार्टीले मन्त्रिपरिषद् गठन गर्न पायो । तर त्यसपछि प्रतिनिधिसभामा प्रमाणित गर्न आउनु पर्‍यो । यो पनि भएन भने फेरी उपधारा ५ अनुसारको सरकार बन्ने हो । त्यसको पनि परीक्षणका लागि प्रतिनिधिसभामा आउनु पर्‍यो  । धारा ७६ को उपधारा ४ बमोजिम सरकारले संसदबाट विश्वासको मत लिएर आऊ भन्छ ।

उपधारा ५ मा फलानोले विश्वासको मत प्राप्त गर्न सक्दैन भन्ने अधिकार (राष्ट्रपतिलाई) छ ? प्रतिनिधिसभामा नगई यो निणर्य गर्ने आधिकार छ त ? यस्तोमा त राष्ट्रपतिले जाऊ विश्वासको मत लिएर आऊ भन्नुपर्थ्यो ।

१ सय ४६ जनाले सर्वोच्चमा आएर पनि विधिवत आएर हस्ताक्षर गरेका छन् । पदमुक्त भएको प्रधानमन्त्री संसदमा नजाने, विश्वासको मत नलिने अनि राष्ट्रपति कहाँ विश्वास छ भनेर जाने ? पदमुक्त भएको प्रधानमन्त्रीले भनेको विघटन मान्य हुँदैन । अन्तरिम आदेश दिनुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org