ताजा समाचार

विपद् तथा महामारीविरुद्ध रुकुम पूर्व एक्यबद्धता अभियानको पहलमा ६ अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडाैं । बोधिसत्व बिहारले रुकुम पूर्वलाई ६ अक्सिजन कन्सन्ट्रेटेसहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।

विपद् तथा महामारीविरुद्ध रुकुम पूर्व एक्यबद्धता अभियानका अभियान्ता कैलास मल्लको सक्रियतामा रुकुम पूर्वलाई कोभिड-१९ मनोसामाजिक मेची-महाकाली परामर्श अभियान अन्तर्गत बोधिसत्वले उक्त स्वास्थ्य सामाग्री सहयोग गरको हो ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको सहयोग तथा आवश्यक समन्वयका कारण स्वास्थ्य सामाग्री रुकुम पूर्व पठाउन सहज भएको मल्लले जनाए ।

दाङको लहमीबाट बोधिसत्वले राप्ति अञ्चलका विभिन्न जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

‘रुकुम पूर्वमा कोरोना महामारीका कारण थुप्रैले ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न हाम्रो टिमले अवनवरत रुपमा विभिन्न दातृ निकाय तथा सहयोगीसँग स्वास्थ्य सामाग्रीको सहयोगको याचना गरेको थियो । फलतः बोधिसत्वले हामीलाई दशाैं लाखको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । दाङबाट उक्त सामाग्री रुकुम पूर्वका लागि पठाइसकिएको छ,’ अभियान्ता मल्लले भने ।

रुकुम पूर्व जिल्ला अस्पताल र कोल स्वास्थ्य केन्द्र स्वास्थ्य चाैकीलाई बोधिसत्वले पीपीई, अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।

लमहीबाट उक्त स्वास्थ्य सामाग्री बुझ्न पुगेका हेराम वली, स्वास्थ्य सामाग्री बुझ्न आवश्यक व्यवस्थापन गर्ने टिकाराम खड्कासहित अस्पतालका डाक्टरहरु अभियानमा सहयोग गर्ने सगरमाथा आरोही कल्पना महर्जन,  शिक्षा सेवी समाज सेवी रबिन्द्र महर्जन, शिक्षा विद कर्ण शाही लगायतलाई अभियान्ता मल्लले धन्यवाद समेत व्यक्त गरेका छन् ।

यस्तै, विपद तथा महामारीविरुद्ध एक्यबद्धता अभियानमा निरन्तर सहयोग र हाैसला प्रदान गर्ने नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपाली, नेकपा एमाले रुकुम पूर्वका इन्चार्ज टोपबहादुर ओली, समाजसेवी तथा नागरिक अगुवा  मदन शाह, एसएलसी रि युनियन २०४८ की संयोजक माला बुढा लगायतलाई मल्लले धन्यवाद समेत दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org