ताजा समाचार

गृहमा खगराज अधिकारी, बादलकी श्रीमती नैनकलालाई सञ्चार !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयमा खगराज अधिकारीलाई गृह मन्त्रालयको जिम्मा दिने भएका छन् ।
उनले सात मन्त्रीको आजै ४ बजे शपथ गराउने तयारी गरेका छन् ।

गृह मन्त्रीमा अधिकारी, सञ्चारमन्त्रीमा बादलकी श्रीमतीसमेत रहेकी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मा दिन लागिएको छ ।

त्यसैगरी वनमन्त्रीमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग मन्त्रीमा राजकिशोर यादव र सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडीको नाम चर्चामा छ ।

शपथ ग्रहणका लागि ४ बजे आउनू भन्ने जानकारी आए पनि मन्त्रालयको भने कुनै टुंगो नलागेको एक नेताले जानकारी दिए ।

मोहन बानियाँलाई विनाविभागीय र वन राज्यमन्त्रीमा आशा विकलाई शपथ गराउन लागिएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org