ताजा समाचार

बूढानीलकण्ठमा देउवा, प्रचण्ड, नेपाल र यादव छलफलमा

काठमाडाै । विपक्षी दलका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भेला भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेर शपथ  खुवाउँदै गर्दा विपक्षी गठबन्धनका नेताहरू देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका असन्तुष्ट नेता माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् ।

समसामयिक विषयमा छलफल गर्ने नेताहरू भेला भएको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेताहरू आधा घण्टाअघि जम्मा भएका थिए ।

प्रधानमन्त्री ओलीले निरन्तर मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् भने प्रदेश सरकारहरू पनि अस्थिर भइरहेका छन् । त्यसमाथि संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा बहस भइरहेको छ ।

यी विषयमा समान धारणा राखेर विपक्षी गठबन्धनलाई थप सक्रिय बनाउन उनीहरू छलफलमा जुटिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org