ताजा समाचार

सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारी

काठमाडौँ । आज दिउँसो विस्तार भएपछि पहिलो पटक सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । नयाँ मन्त्रीहरूको परिचयात्मक कार्यक्रमसहितको नियमित बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘मन्त्रिपरिषद् विस्तार भएपछि नयाँ मन्त्रीहरूको परिचयात्मक कार्यक्रमसहितको नियमित बैठक अहिले सिंहदरबारमा जारी छ,’ प्रेस सल्लाहकार थापाले भने ।

साँढे ६ बजेबाट बैठक सुरु भएको हो । बैठकमा सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कायान्वयनमा नल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले आजमान्त्री मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थप गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org