ताजा समाचार

ह्वीप उल्लंघन गरेपछि जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

काठमाडाै । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । बिहीबार पार्टीको ह्वीप उल्लंघन गरेकाले थापालाई कारबाही गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदा विपक्षमा मत हाल्ने रष्ट्रिय जनमोर्चाको निर्णय थियो । तर, थापा तटस्थ बसेका थिए ।

सोही कारण जनमोर्चाले थापालाई कारबाही गरेको हो । उनलाई कारबाही गरिएको जानकारी प्रदेशसभालाई गराइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org