ताजा समाचार

सभामुखसँगको नेताहरुको वैठक सकियो, विपक्षी नेताहरू छुट्टै छलफलमा

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिएको छ । वैठक सकेर सभामुख निस्केका छन् भने विपक्षी नेताहरू बेग्लै छलफलमा जुटेका छन् ।संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए । बैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन् ।

सभामुखसँगको वैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच छलफल चलिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org