ताजा समाचार

नयाँ सरकार गठनको दाबीसहित विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुख कार्यालयमा

काठमाडौं । नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि उनीहरू बहुमत सदस्यसहित उपस्थित भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org