ताजा समाचार

पूर्वमन्त्री पुनको पहलमा एमआइटीद्वारा रुकुम पूर्वलाई २० अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं । एमआइटी ग्रुप फाउन्डेशन अष्ट्रेलियाले रुकुम पूर्वलाई २० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको पहलमा फाउन्डेसनले १० लिटर क्षमताका २० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।

फाउन्डेशनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंगको अनुमतिमा स्वास्थ्य सेवा विभागको सहकार्यमा सबै जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।

एमआइटीका कन्ट्री प्रमुख सुरेश चित्रकार, एडभाइजर श्याम तामाङ र कम्युनिटी पार्ट्नर इन्टरनेश्नल (सिपीआई)का विजय निरौला लगाएतले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन सहयोग गरेको नेता पुनले जनाए ।

फाउन्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामाग्री मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम रुकुम (पूर्वका सहजकर्ता लिलामणी गौतमले बुझेको नेता पुनले जनाए ।

एमआइटी ग्रुप फाउन्डेशन गैर आवासीय नेपाली शेष घलेको हो । उनी अष्ट्रेलियामा धनाढ्यको सुचीमा समेत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org