गृहमन्त्रीद्वारा प्रदेशका प्रहरी प्रमुखलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन
काठमाडाै । गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयको शुक्रबार निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि निर्देशन दिए।
प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गराए। कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएको नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउधनको सुरक्षामा अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
सीमित साधन स्रोतका बाबजुद नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको स्मरण गर्दै उनले आवश्यक व्यवस्थापनमा गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ विभाग र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए।
निरीक्षणपश्चात गृहमन्त्री अधिकारीले भर्चुअलमार्फत सातै प्रदेशका प्रहरी प्रमुखलाई समेत सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिए। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल प्रहरी थप व्यावसायिक र ऊर्जावान हुने विश्वास दिलाए।
प्रहरी महानिरीक्षक थापाले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको सन्दर्भ जोड्दै कोभिडको उपचार, निषेधाज्ञा कार्यान्वयन, कालोबजारी नियन्त्रण, विपद् व्यवस्थापन तथा मध्यावधि निर्वाचनको तयारीमा नेपाल प्रहरी कटिबद्ध रहेको बताए।
नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोबल विषयमा शोध र प्राप्त सुझावको कार्यान्वयन, प्रहरी कर्मचारीको आचारसंहिताको कार्यान्वयनलगायतका विषयले सङ्गठनको पद्धतिजन्य विकास र सूत्रबद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले जानकारी गराए।
उनले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकतापूर्वक अवलम्बन गरी कार्यान्वयन गरिएको जानकारी दिए। निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीसमक्ष प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षालगायतका विषयमा जानकारी गराएका थिए।
Comments
अरु समाचार
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार हुन्: विष्णु पौडेल
काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह...
-
अर्थमन्त्रीले पुनले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू...
-
उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने
काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति...
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा एक रात्रिभोजको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।महाधिवेशनको तयारी, पार्टी...
-
आज १८ औँ लोकतन्त्र दिवस,उपलब्धि हुँदाहुँदै पनि केही विकृत्ति
काठमाण्डौ । आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत...
-
कतारका अमिर अल थानी साँझ काठमाडौं आइपुग्दै, विमानस्थल आधा घन्टा बन्द हुने
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।पहिलो पटक नेपालको...