ताजा समाचार

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममा दुई दिनको छलफलपछि आइतबार बहुमतले पारित गरेको हो ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम पेश गरेका थिए । शुक्रबार १० जना र शनिबार २२ जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । त्यसक्रममा नेकपा एमालेको सत्ता पक्षबाहेक अन्य दल र एमालेकै माधव नेपाल पक्षका सांसदले बजेटको आलोचना गर्दै कार्यान्वयनमा आशंका व्यक्त गरे ।

आइतबार मुख्यमन्त्री शेरधन राईले दुई दिनको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनको सम्बोधनपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै संशोधन प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्रीको सम्बोधनपछि जनता समाजवादी पार्टीको तर्फबाट पेश भएको प्रस्ताव दलका नेता जयराम यादवले फिर्ता लिए । माओवादी केन्द्र र कांग्रेसले पेश गरेको संशोधनको प्रस्ताव फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org