ताजा समाचार

संवैधानिक अयोगले लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेका छन: नारायणकाजी श्रेष्ठ

नारायणकाजीको आरोप– निर्वाचन आयोग सरकारको कठपुतली बन्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग ‘सरकारको कठपुतली’ बनेको आरोप लगाएका छन् ।

उनले मंगलबार ट्विट गर्दै संवैधानिक अयोगले लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप पनि लगाएका छन् । उनले तत्कालीन नेकपाको जस्तै निर्णय अहिले जसपामा दोहोरिएको बताएका हुन् ।

“निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,” उनले भनेका छन् ।

राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने उनको भनाइ छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको गलत कार्यलाई समयमै रोक्नुपर्ने उनको सुझाव छ ।

गएको आइतबार आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर समूह र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले एकार्कालाई गरेको कारबाही अध्यावधिक गर्न अस्वीकार गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org