ताजा समाचार

हेमन्त कान्छाको ‘सारंगी सँग’मा गायक अन्जान बाबुको ‘चरी लैजा समाचार’ (भिडियो)

काठमाडौं । सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीको ‘सारंगी सँग’ कार्यक्रमको तेश्रो अंकमा अन्जान बाबु आएका छन् ।

सारंगीको संरक्षण, संवर्द्धन तथा माैलिकतालाई खोज्ने प्रयास स्वरुप सारंगी सँग कार्यक्रम सुरु गरेका हेमन्तले गायक अन्जान बाबुलाई अतिथिको रुपमा भित्र्याएका हुन् ।

कार्यक्रममा अन्जान बाबुले ‘चरी लैजा समाचार’ जस्ता चर्चित गीत प्रस्तुत गरेका छन् ।

सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको सारंगी संग कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गरेका छन ।

यस्तै, भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने, बाँसुरीमा सञ्जिव मैनाली रहेका छन् ।

मिनराज अर्याल र दिपक बिटिएलको छायांकनमा तयार भएको कार्यक्रमको अडियोमा बिक्रम काउछा र कमल काउछा रहेका छन् । यस्तै, न्यारेसन शर्मिला अर्यालको रहेको छ ।

भिडियो:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org