ताजा समाचार

खुमलटार पुगेर दीपक मनाङेले गरे प्रचण्डसँग भेटघाट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले भेट गरेका छन् ।

प्रचण्डको निवास खुमलटार पुगेका मनाङेले समसामयिक राजनीतिक विषयमा छलफल गरेको उनका सहयोगीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

मनाङेले प्रचण्ड र उनकी छोरी गंगा दाहालसँग सामूहिक तस्वीर खिचाएर सामाजिक सञ्जालमा राखेका छन् ।

एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए । पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org