ताजा समाचार

यादव पक्षका २ सांसदलाई ठाकुर पक्षको २४ घण्टे अल्टिमेटम

काठमाडाै । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना २ सांसदलाई २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टीकरण मागेको छ।

पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान नगरेको आरोपमा ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षका प्रदेश सांसद सहशराम यादव र पुर्मती ढेंगालाई स्पष्टीकरण मागेको हो।

यसअघि ५ दिन समयसीमा राखेर स्पष्टीकरण मागेको ठाकुर पक्षले पुनः अहिले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो।

अब २४ घण्टाभित्र स्पष्टीकरण नदिएमा पार्टीको विधानअनुसार कारबाही गरिने ठाकुर पक्षले चेतावनी दिएको छ।

लुम्बिनी प्रदेश सभामा जसपाका ६ सांसद छन्।

जसमध्ये मन्त्रीसमेत रहेका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी ठाकुर पक्षका हुन्।

अर्का अध्यक्ष यादवको पक्षले पनि ठाकुर पक्षका ती मन्त्रीलाई स्पष्टीकरण मागेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org