ताजा समाचार

पार्टी छाडेका १४ जनप्रतिनिधिलाई माओवादी केन्द्रले गर्‍यो कारबाही, को-को परे ?

काठमाडाै । नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेका १४ जना जनप्रनिधिलाई कारबाही गरेको छ ।

सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकमार्फत माओवादी छाडी एमाले प्रवेश गरेका १४ जनालाई कारबाही गरेको हो ।

सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै कैलालीबाट चार जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरी र ओखलढुंगाबाट एक/एक जना कारबाहीमा परेका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीको निर्णयको मान्युट निर्वाचन आयोगमा अध्यावधिकका लागि बुझाउने भएको छ ।

को-को परे कारबाहीमा ?

रिनाकुमार साह, प्रमुख- मौलापुर नगरपालिका, रौतहट

सियाराम कुशवाहा, प्रमुख- कटहरिया नगरपालिका, रौतहट

परनिया देवी, उपप्रमुख- देवाही गोनाही नगरपालिका, रौतहट

गौरीशंकर जयसवाल, उपप्रमुख- मौलापुर नरपालिका, रौतहट

कान्ती देवी, उपप्रमुख- फतुवाविजयपुर नगरपालिका, रौतहट

सीमलाल साह, उपप्रमुख- माधवनारायण नगरपालिका, रौतहट

गीतादेवी शाह, उपप्रमुख- युमनामाई गाउँपालिका, रौतहट

सतमीलाल दास ताती, सदस्य- लहान नगरपालिका, सिरह

शेष फारुक, अध्यक्ष- सम्सी गाउँपालिका, महोत्तरी

छाया देवकोटा, उपप्रमुख- भजनी नगरपालिका, कैलाली

भागिरथी विष्ट, वडाध्यक्ष- गौरीगंगा नगरपालिका ४, कैलाली

शर्मानन्द भट्ट, वडाध्यक्ष- गोदावरी नगरपालिका १, कैलाली

पुरन विसी, वडाध्यक्ष- बर्दगोरिया नगरपालिका ४, कैलाली

सुरेश कुमार थापा, वडाध्यक्ष- चम्पादेवी गाउँपालिका १, ओखलढुंगा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org