ताजा समाचार

सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र नजिरविपरीत: सूर्य थापा

काठमाडाै । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक लगाएको थियो । सोही आदेशका सम्बन्धमा फेसबुकमा टिप्पणी गर्दै थापाले सर्वोच्चाले आफ्नै नजिरविपरीत आदेश दिएको उल्लेख गरेका हुन् ।

‘२०७४ असोज र २०७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ?,’ थापाले लेखेका छन्, ‘आफ्नै नजीर र व्याख्याविपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको छ । संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पु-याउने होला ?’

प्रचण्डले एक दिनअघि गरेको भाषण र सर्वोच्चले एक दिनपछि आदेश हुबहु मिलेको भन्दै थापाले सेटिङ हो कि के हो भन्दै प्रश्न गरेका छन् ।

‘प्रचण्डले एकदिनअघि गरेको भाषण र सर्वोच्चको एकदिन पछिको फैसला हुबहु किन मिलेको होला ?,’ थापाको प्रश्न छ, ‘यो सेटिङ हो कि के हो ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org