ताजा समाचार

माधवले भने – ओली सच्चिएर आए भने स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी

काठमाडाै । पाँच दलीय गठबन्धनका नेताहरूले राष्ट्रपतिको भूमिकामाथि प्रश्‍न उठाएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनले लोकतन्त्र नै संकटमा परेको उनीहरूको भनाइ छ ।

वानेश्वरस्थित संसद् भवनमा सम्पादकहरूसित कुरा गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा परेको बताएका छन् । देउवाले भने, ओलीले संवैधानिक अंगहरूमा हस्तक्षेप र कमजोर बनाएको छ ।’

त्यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीले लोकतन्त्र सिध्याउन लागेको बताए । राष्ट्रपतिले ओलीलाई सर्वेसर्वा बन्न ठाउँ बनाएको उनको आरोप थियो ।

उस्तै, एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ओलीका कारण देश संकटमा परेको र आफूहरूले संकटबाट देशलाई जोगाउने प्रयास गरिरहेको बताए । ‘देश संकटमा गयो । भड्खालोमा जानबाट जोगाउनु पर्‍यो,’ उनले भने ।

उनले ओली दक्षिणपन्थी दिशामा लागेको आरोप लगाउँदै कोर्ष करेक्सन गर्न आफूहरू लागिरेको बताए । उनले ओली सचिएर आए उनलाई स्वागत गर्ने पर्ने धारणा राखे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org