ताजा समाचार

प्रधानमन्त्री फेर्ने खेल मात्रै खेलेका छैनौँ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको बताएका छन् ।

विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकसँगको भेटघाट, छलफललाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रपोगाण्डा चलाइएजस्तो सरकार फेरबदलको खेल नभएको बताए । उनले यो संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षार्थ भएको बताए ।
उनले लोकतान्त्रिक गठबन्धनले दीर्घकालीन यात्रा तय गर्ने उद्घोषसमेत गरे ।

“यो केपी ओलीलाई हटाउने मात्रै आन्दोलन होइन, संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षा गर्ने अभियान पनि हाे,” उनले भने ।

अहिले विपक्षी गठबन्धनका पाँच घटकको अलगअलग पृष्ठभूमि भए पनि परिवर्तनका लागि सबैको समयसापेक्ष योगदान दिँदै आएको बताए ।

एक प्रसंगमा आफूले नेकपाबाटै आन्दोलन गर्न चाहेको पनि बताए । कतिपयले केपी ओली र प्रचण्डलाई उस्तैउस्तै भन्ने गरेको भन्दै दुखेसो पनि पोखे ।

“अप्ठ्यारो पर्छ भने कुर्सी छाड्न तयार हुने र सबैथोक सिध्याएर भए पनि कुर्सीचाहिँ जोगाउनुपर्छ भन्ने ओली एकै हो ?,” उनको प्रश्न थियो ।

उनले विपक्षी दल हुँदा पनि संविधान निर्माणमा भूमिका खेलेका, संविधान निर्माणमा भूमिका खेल्न, धाँधली हुँदाहुँदै पनि २०७० को निर्वाचन परिणाम स्वीकार गरेको पृष्ठिभूमि पनि केलाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org