ताजा समाचार

माओवादी छाडेका १४ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर दलबदल गरेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । उनीहरु माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका थिए ।
पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । त्यसअघि नै माओवादीले दल त्याग गरेकाहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत कारबाही गरेर आयोगमा बुझाएको थियो । तर, आयोगले एकल निर्णय नमान्ने भन्दै केन्द्रीय कमिटीको निर्णय मागेको थियो ।
रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहा, रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ ।

यस्तै महोत्तरी सम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ । केही वडा अध्यक्षको पनि पद रिक्त भएको छ ।

No description available.

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org