ताजा समाचार

राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ : ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन्।

आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसले गणतन्त्र नै संकटमा पर्ने तर्क गरे।

‘मैले एकपल्ट भनेको थिएँ, रिसाएको बिरालोले खामो चिथोर्छ भनेर, अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ’, विपक्षी गठबन्धनका नेताहरूतर्फ लक्षित गर्दै ओलीले भने, ‘जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चलेको छ। हिजो पनि भूतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेँ, त्यसमा पनि राष्ट्रपतिभन्दा राजै ठूलो भन्नेमा उहाँहरु पुग्नुभयो।’

उनले राष्ट्रपतिलाई हामीले जे अधिकार दिएका छौं त्यसमा सिमित हुनुपर्ने र त्यसैमा सिमित रहेको दाबी पनि गरे।

‘तर मलाई उहाँहरुका सम्बन्धमा केही भन्नु छैन, यो आ-आफ्नो कल्चरल लेबलको कुरा होला, उनले भने, अर्को कुरा गणतन्त्रप्रतिको वैरभाव पनि होला भित्री रुपमा।’

विपक्षी गठबन्धनका नेताहरु असभ्य र अमर्यादित समाज निर्माणतर्फ लागेको ओलीको आरोप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org