ताजा समाचार

संसद् पुनर्स्थापना हुन्छ तर ठूलो खेलको गन्ध पनि आइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीले आफ्नो निर्णय आफैँ गर्ने वातावरण बनाउनु नै आजको आवश्यकता भएको बताएका छन् । सोमबार बुद्धिजिवीहरूले आयोजना गरेको कार्यक्रममा उनले आफूहरूले त्यस बारेमा खबरदारी गरिरहेको पनि बताए ।

“आजको राजनीतिक परिस्थिती निकै नै जटिल र चुनांतीपूर्ण मोडमा आयो । विगतका कमिकमजोरीको समीक्षा त हुन्छ नै । यतिबेलाको मुल मुद्दा भनेको संविधान, लोकतन्त्रको रक्षा हो ,” उनले भने, “नेपालीहरूको निर्णय नेपालीले नै गर्न पाउनुपर्छ । यहाँ कुनै किसिमको प्रत्यक्ष वा परोक्ष हस्तक्ष्ोप हुन नपाओस् भनेर सर्तक पनि गराएका थियौँ । आजको आवश्यकता पनि यही हो ।”

अर्को प्रसंगमा प्रचण्डले संसद् पुनर्स्थापना हुने भएपनि आफू पूर्ण रूपमा विश्वत भने हुन नसकेको बताए ।

“संसद् पुनर्स्थापना हुन्छ । सबै तथ्य, प्रमाण नजिर हेर्दा संसद् पुनर्स्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर, अझै विश्वस्त हुन सकेको छैन । अझै ठूलो खेल चलिरहेको गन्ध पनि आउँछ मलाई । पुनर्स्थापना मात्रैले समस्याको हल नहुन पनि सक्छ,” उनले भने ।

प्रचण्डले अदालतको विश्वासमा टिप्पणी नगर्ने पनि बताए । तर, सरकारका नजिकका मान्छेहरूले अदालतलाई धम्क्याएको उनको आरोप छ । उनले संसद् पुनर्स्थापना भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी पनि गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org