ताजा समाचार

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडाै । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो । एमाले नेताहरुका अनुसार आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ ।

यसअघि मंगलबार बसेको ओली पक्षीय स्थायी समिति बैठकले नै पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो । सोही निर्णयलाई आजको बैठकले अनुमोदन गर्ने तयारी छ ।
नेताहरुका अनुसार बैठकमा केही प्रस्ताव पेश र अनुमोदनबाहेक अन्य छलफल नहुने एमाले नेताहरुको भनाइ छ ।

नेकपा विवादमा सर्वोच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित पार्टी कमिटीलाई आयोजक कमिटीमा रुपान्तरणको घोषणा गरेका थिए ।

ओलीले यसरी एकपक्षीय ढंगले केन्द्रीय कमिटी भंग गरेर नेताहरुको जिम्मेवारी खोस्नुका साथै विधान समेत संशोधन गरेपछि माधव नेपाल समूहले चर्को असन्तुष्टि जनाउदै आएको थियो । यहीँ विवादले पार्टी नै विभाजन हुनसक्ने खतरा कायमै रहेका बेला अध्यक्ष ओली पार्टी एकता अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन सहमत भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org