ताजा समाचार

खनाल, नेपालसहित ११ नेतामाथिको कारबाही फिर्ता

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत ११ जनालाई पार्टीमा गरिएको कारबाही फिर्ता गरिएको छ ।

आज बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरण, नेताहरुमाथि गरिएको कारबाही फिर्तालगायत निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि, खनाल, नेपाललगायत ११ नेताहरुलाई पार्टीबाट निष्कासन गरिएको थियो ।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org