ताजा समाचार

एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

काठमाडौं । नेकपा एमालेको दशाैं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ।

जातीय विभेदमा शिक्षामन्त्री आफैं सक्रिय भएर लागेकाे भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्रीको राजीनामा माग गरेका हुन्।

बैठककाे सुरूमा नै नेता विश्वकर्माले मन्त्री श्रेष्ठबाट जातीय विभेदलाई बढावा दिने काम भएको भन्दै राजीनामा माग गरिएको एक नेताले जानकारी दिए।

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकाे कारणले कोठा नदिएको आराेपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएपछि मन्त्री श्रेष्ठ आफैं झण्डावाल गाडी लिएर प्रहरी कार्यालय पुगेका थिए।

उनले प्रधानलाई आफ्नै गाडीमा राखेर घरसम्म पुर्याएपछि उनकाे चाैतर्फी आलोचना भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org