ताजा समाचार

एमाले स्थायी कमिटीमा आठ जना थपिए

नेकपा एमालेमा साबिककै केन्द्रीय कमिटी व्युँतिएको छ । बुधबार महाधिवेशन आयोजक कमिटी भंग भएसँगै केन्द्रीय कमिटीबाटै कामकारबाही सञ्चालन हुने भएको हो । बैठकले एमालेको स्थायी कमिटीमा आठजना थप गरेको छ । एमाले र माओवादी एकीकरणपछि स्थायी कमिटीमा थप भएको आठ जनालाई अहिले निरन्तरता दिइएको हो ।

बैठकले नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तलाई स्थायी कमिटीमा स्थान दिएको छ भने माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापालाई स्थायी कमिटीमा समेटेको छ ।

महाधिवेशन आयोजक कमिटी निष्क्रिय भएसँगै ११ जना नेताहरुको कारबाही पनि स्वत: निष्क्रिय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org