ताजा समाचार

त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा संयुक्त विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडाैं । ओली सरकारको कदम अधिनायकवादी भएको भन्दै विद्यार्थी संगठनले संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय  क्याम्पस किर्तीपुरमा प्रदर्शन गरेका छन्।

नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी संगठनले त्रिवि केन्द्रीय क्याम्पस किर्तीपुरमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो।

विद्यार्थी संगठनले अधिनायकवादी र स्वेच्छाचारी शासनविरुद्ध तथा संसद पुनर्स्थापना माग गर्दै देशका ७७ जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका हुन्।

काठमाडाैंको रत्नराज्य क्याम्पस, पशुपति क्याम्पस, अमृत साइन्सलगायत ६ वटा कलेजमा उनीहरूले प्रदर्शन गरेका थिए। उनीहरूले ‘प्रतिगमन मुर्दावाद’लगायत नारा लगाएका थिए।                   

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org