ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा झन्डै डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठक टेन्टभित्र बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास परिसर बालुवाटारभित्रै खाली स्थानमा टेन्ट राखेर बैठक गरिएको हो । अरु बेला सवारी–साधन पार्किङ गरिने स्थानमा आज टेन्ट राखिएको हो ।

कोरोना महामारी र स्थान अभावका कारण खुला ठाउँमा बैठक गरिएको बुझिएको छ । एमाले केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको छ । त्यसमध्ये खनाल–नेपाल समूहले बैठक बहिष्कार गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org