ताजा समाचार

केपी ओलीसँग बालुवाटारमा माधव समूहका नेताको वार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव समूहका नेताहरुबीच पार्टी एकताका सम्बन्धमा शुक्रबार बिहान छलफल भएको छ।

ओलीसँग छलफल गर्न माधव समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बालुवाटारमा पुगेका थिए।

यी नेताहरुले पार्टी एकताको माहोल बनिरहेको भन्दै आजको केन्द्रीय कमिटिको बैठक रोक्न ओलीलाई आग्रह गरेका थिए।

त्यो बेला सुवास नेम्वाङ र ईश्वर पोखरेल ओलीका साथमा थिए।

एकता अन्तिम चरणमा पुगेको, केही शब्दहरु मात्रै मिलाउन बाँकी रहेकोले आजको बैठक स्थगित गरौँ भन्ने प्रस्ताव ती नेताहरुको थियो।

ओली उनीहरुका सुनेर म साथीहरुसँग सल्लाह गर्छु भनेर बैठक स्थलतर्फ निस्केका थिए।

अब बैठक कसरी अघि बढ्छ त्यसमा एकता निर्भर हुने नेपाल खेमाका नेताले बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org