ताजा समाचार

यादव र ठाकुर पक्ष छलफलका लागि निर्वाचन आयोगमा

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगले छलफलका लागि जसपाका दुबै पक्षलाई आज बोलाएको थियो । निर्वाचन आयोगले जसपाको विवादबारे छलफल गर्न भन्दै आयोगमा ठाकुर पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी र उपेन्द्र पक्षबाट बाबुराम भट्टराई, महेन्द्रराय यादव लगायत नेताहरु निर्वाचन ायोग पुगेका हुन् ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org