ताजा समाचार

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेताबीच भेटवार्ता भइरहेको छ ।

कोटेश्वरस्थित नेता नेपालको निवासमा माओवादी अध्यक्ष प्रचण्ड पुगेको उनको सचिवालयले जनाएको छ ।

जनकपुरबाट फर्किएलगत्तै प्रचण्ड नेता नेपाललाई भेट्न पुगेका हुन् । एकताबद्ध एमालेका लागि संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेका बेला प्रचण्‍ड र नेता नेपालबीच भेटवार्ता भइरहेको हो ।

प्रचण्डले सार्वजनिक रूपमै पार्टी विभाजन सुखद् नभएको भन्दै एमाले एक हुनुपर्ने धारणा राख्दै आएका छन् । एमाले एकताका लागि सहमतिको मस्यौदा तयार गर्न सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको समयमा उनीहरूबीच भेटवार्ता भइरहेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org