ताजा समाचार

साझा विश्वव्यापी प्रगतिका लागि उत्कृष्ट विचार अंगाल्न सी चिङफिङको आग्रह

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी चिङफिङले राजनीतिक दलहरुसँग साझा विश्वव्यापी प्रगतिका लागि उत्कृष्ट विचार अंगाल्न आग्रह गरेका छन् ।

बेइजिङमा सीपीसी विदेश विभागद्वारा आयोजित बर्ल्ड पोलिटिकल समिटलाई सम्बोधन गर्दै महासचिव सीले विश्वका राजनीतिक दलहरुलाई मानव जातिको भलाई र प्रगतिका लागि ऐतिहासिक जिम्मेवारी निभाउन आह्वान गरे ।

महान समयले भव्य वास्तुकलाको आह्वान गर्दछ, र भव्य वास्तुकलाले विशाल विश्व दृष्टिकोणको माग गर्दछ’ सीले भने, ‘साझा भविष्यको साथ विश्वव्यापी समुदायको परिप्रेक्ष्यमा हेर्दा विश्व एक विशाल र व्यापक स्थान हो जहाँ सहयोगका अवसरहरू पूर्ण छन्।’

महासचिव सीले कोरोना महामारीलाई राजनीतिकरण र भौगोलिक लेवल नजोड्न चेतावनी दिए । सीले कोभिड—१९ विरुद्ध विज्ञानमा आधारित प्रतिक्रिया दिनुपर्ने बताउँदै उनले एकजुट भएर महामारी विरुद्ध जुध्नुपर्ने धारणा राखे ।

सीले अन्तराष्ट्रिय नियम केही सीमित र राष्ट्रप्रेरित नभै सार्वभौम रुपले मान्यताप्राप्त मापदण्डको आधारमा हुनुपर्ने जिकिर गरे । उनले देशहरुबीच सहयोग गर्दा राजनीतिक आधिपत्य गर्न नभै सिंगो मानव जातिको सेवा गर्ने हिसाबले हुनुपर्ने धारणा राखे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org