ताजा समाचार

माओवादी केन्द्र खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौं । पूर्वमाओवादी नेताहरुले नेकपा (माओवादी केन्द्र) खारेज गर्न माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेकपा खारेज भएपछि माओवादी केन्द्रमा नै रहेका नेताहरुले महाधिवेशन समयमा नभएर अवैधानिक भएको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दैै खारेजीको माग गरेका हुन् ।

माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दिएको नेता रामचन्द्र मण्डलले जानकारी दिए । ०६९ पछि महाधिवेशन नभएको पार्टीको अवैध कमिटीले निर्वाचित जनप्रतिधितिलाई कारबाही गर्न नमिल्ने भन्दै निवेदन दिएको उनले बताए ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य रहेका पूर्वमाओवादी नेताहरु मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायत आयोगको कार्यालय पुगेका थिए ।

नेकपा खारेज हुँदा एमालेमा गएका प्रतिनिधिसभाका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रमु साह, गौरीशंकर चौधरी तथा राष्ट्रियसभामा रामबहादुर थापा ‘बादल’, चन्द्रबहादुर खड्कालगायत प्रतिनिधि कारबाहीमा परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org