ताजा समाचार

जसपाको आधिकारिकता विवाद समाधान गर्न  निर्वाचन आयोगद्वारा विशेष इजलास गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद समाधान गर्न  निर्वाचन आयोगले इजलास गठन गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बुधबार इजलास गठन भएको हो। इजलासमा आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरा सदस्य छन्।

३ साउन ११ बजेदेखि इजलासमा सुनुवाई सुरु हुने जानकारी आयोगले दिएको छ। दुबै पक्षलाई आयोगले आफ्ना आधिकारिक प्रतिनिधि पठाउन पत्राचार गरेको छ। कुनै पक्षको प्रतिनिधि अनुपस्थित भए पनि सुनुवाई भने नरोकिने आयोगले जनाएको छ।

आयोगमा दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गरेका छन्। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले मंगलबार सहमति दिएपछि आयोगले कानूनी प्रक्रिया अगाडि बढाएको हो। ५१ सदस्यीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा बहुमतमा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org