ताजा समाचार

पूर्वमाओवादी नेता टोपबहादुर, प्रभु र मणि निर्वाचन आयोगमा

काठमाडौं । पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग गएका हुन् ।

अहिले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा आयोग पुगेका हुन् । बुधबार पूर्वमाओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए ।

“बुधबार वकिल र दोस्रो तहका नेताहरु जानुभयो । आज हामी पहिलो तहका नेताहरु गएर आफ्नो कुरा राख्छौं,” एक नेताले भने ।

नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमालेमा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए ।

प्रतिनिधिसभाबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, राष्ट्रिय सभामा रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org