ताजा समाचार

राष्ट्रियसभामा वामदेवको प्रस्तावः राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था गराैँ

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विषेश सयममा बोल्दै एमाले नेता समेत रहेका गौतमले आफूले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने व्यवस्था गर्न प्रस्ताव गर्दा कोकोहोलो मच्चाइएको बताए ।

“मलाई केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नेबाटो खोल्न निर्वाचन लड्ने क्षेत्र खोज्नुस् भन्नुभयो मैले लड्दैन भने । त्यसो भए राष्ट्रियसभामा लड्नुस् भन्नु्भयो मैले लड्दैन भने । किन नलड्ने भन्नुभयो, मैले म लड्नुपर्छ भने राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुने व्यवस्था गर्नुस् भनेंँ” गौतमले भने, “त्यसलाई बाहिर कोहोहोलो गरेर विरोध गरियो । आज पनि म भन्छु, यो राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न म यो सदनसमक्ष प्रस्ताव गर्दैछु ।”

उनले राष्ट्रियसभामाथि संसदको अभिन्न अंग भए पनि विभेद भएको बताए । “यो सभाले उचित सम्मान आर्जन गर्ने हो भने, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्छ,” गौतमले भने, “बेलायतको हाउस अफ कमन्स भएर जमिन्दारको मात्र प्रतिनिधित्व गर्ने हो भने फरक कुरा ।”
उनले संविधान अनुसार बजेट संसदमा प्रस्तुत हुनुपर्ने भन्दै अर्थमन्त्री विष्णु पौडेललाई राष्ट्रिसभामामा बजेट प्रस्तुत गर्न आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org