ताजा समाचार

मृत्युशय्‍यामा पुगेको संसद जोगियो, फैसला स्वागतयोग्य : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्या‍मा पुगिसकेको संसदलाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

‘झन्डै मृत्युशय्या‍मा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो,’  कुराकानी गर्दै नेपालले भने, ‘सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ ।’

नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताए । ‘अदालतले संविधानको रक्षा गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org