ताजा समाचार

सर्वोच्चको फैसलाले संसदीय अभ्यास र मर्ममाथि प्रहार भयोः महासचिव पोखरेल

काठमाडाैँ । एमाले महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट संसदीय अभ्यास र मर्ममाथि प्रहार भएको बताएका छन् ।

पोखरेलले लोकतन्त्रको महत्वपूर्ण पक्ष–नियन्त्रण र सन्तुलन अर्थात् शक्ति पृथकीकरणमाथि प्रहार भएको जिकिर गरेका छन् ।

उनले बहुदलीय व्यवस्थाको मर्म–संसदभित्रका कारबाहीमा संसदभित्रका सम्बन्धित राजनीतिक दलको ह्विप नलाग्ने आदेश गरेको भन्दै यसलाई लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि स्वीकार गर्न नसक्ने बताएका छन् । यसका विरूद्ध बृहत् जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम भएको उनले बताएका छन् ।

पोखरेलले भनेका छन्, ‘लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो, राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो । सर्वोच्च अदालतको आजको फैसलाबाट यही अभ्यास र मर्ममाथि प्रहार भएको छ ।

लोकतन्त्रको महत्वपूर्ण पक्ष– नियन्त्रण र सन्तुलन अर्थात् शक्ति पृथकीकरण हो, त्यसैमाथि प्रहार भएको छ ! बहुदलीय व्यवस्थाको मर्म– संसदभित्रका कारबाहीमा संसदभित्रका सम्बन्धित राजनीतिक दलको ह्विप नलाग्ने आदेश गरेकोछ ! लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन । यसका विरुद्धको बृहत् जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम हो !’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org