ताजा समाचार

देउवाले आफूसँगै चार जनालाई मन्त्रीमा शपथ खुवाउने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीमा शपथ लिएपछि चार मन्त्रीलाई आजै शपथ खुवाउने भएका छन् । उनले नेपाली कांग्रेसका दुई र माओवादीका दुई गरी चार मन्त्रीलाई शपग खुवाउने भएका हुन् ।

स्रोतका अनुसार माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्नेछन् । कांग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने निश्चित भएको बुढानीलकण्ठ स्रोतले जानकारी दियो ।
स्रोतले खाणलाई गृह, शर्मालार्ई अर्थ, भुसाललाई ऊर्जा बनाउने तय भएको बतायो । कार्की कानुन मन्त्री बन्ने भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org