ताजा समाचार

माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् ।

बुधबार बालुवाटारबाट आफ्नो निजी निवास बालकोट फर्किएपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिने परिस्थिति माधव नेपालकै कारण निर्माण भएको आरोप लगाएका हुन् ।

‘यो परिस्थितिको निर्माण माधव नेपालले गरेका हुन् । हिजो पनि शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीलतनिवास पुग्नुअघि उनी नै पुगे,’ ओलीले भने ।

अध्यक्ष ओलीले कमीकमजोरी महसुस गरेर पार्टीमा फर्किनेहरूलाई उचित जिम्मेवारी दिइने पनि बताए । तर, माधव नेपालको हकमा भने आत्मालोचना, गल्ती र कमीकमजोरी स्वीकार्ने कुनै ठाउँ नभएको उनको भनाइ छ ।

‘कमीकमजोरी महसुस गरेर आउने साथीहरूलाई एमालेमा उचित स्थान र जिम्मेवारी दिइन्छ,’ ओलीले भने, ‘ माधव नेपालको हकमा आत्मालोचना, गल्ती र कमीकमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org