ताजा समाचार

बालकोट पुगेर ओलीले भने–अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखायो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानामन्त्री केपी शर्मा ओलीले जनादेशबाट नभएर अदालतको परमादेशबाट आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।

बालुवाटार छाडेर निवास बालकोट पुगेका ओलीले अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको आरोप लगाए ।

“तीनवर्षको सफल कार्यकाल पूरा गरेर, जनादेशबाट होइन, परमादेशबाट, अदालतबाट अकारण कुनै गल्ती गरेर होइन । काम गर्न नसकेर होइन । नेपालको स्वाभिमान उठाएर काम गर्दागर्दै जालीझेलीहरुको जालझेलस्वरुप अदालतमा मुद्दा हालेर असंवैधानिक फैसला, जनादेशविपरीत कुनै मूल्यांकनको आधारमा होइन जनतामा जान नदिएर, जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरियो,” ओलीको भनाई थियो ।

उनले नेपाली जनताको स्वतन्त्रतामाथि अतिक्रमण भएको पनि बताए ।

“नेपाली जनतामाथि, लोकतन्त्र, संविधानमाथि अतिक्रमण्ण भयो । जनताको अधिकार खोसिएको छ । अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतबाट भएको छ,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org