ताजा समाचार

नेपाल र विप्लवको छलफलको बीचमा प्रचण्ड पुगेपछि

काठमाडाैँ । एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा विप्लवसहित   स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।

यसअघि बुधबार साँझ यी दुई नेताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटार पुगेर भेटवार्ता गरेका थिए ।

नेपाल, विप्लव र बास्तोलाबीच छलफलकै बीचमा प्रचण्ड पुगेपछि थोरै समय  चार नेताबीच अलग्गै भेट भएको र बिप्लव बाहिरिएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । विप्लव बाहिरिएपछि नेपाल र प्रचण्डबीच भेटवार्ता भएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org