ताजा समाचार

पोखराका मेयरलाई मस्तिष्कघात, हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी

पोखरा । पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।

उनलाई अहिले बिहान ४ बजेतिर मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार मेयरको अवस्था अहिले सुधारोन्मुख छ ।

मेयर जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ ।

उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको भए पनि खराब मौसमका कारण हेलिकोप्टर उड्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org