ताजा समाचार

प्रचण्ड र माधव नेपालपछि बाबुरामसँग विप्लवकाे वार्ता

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक भेटवार्ता बढाएका छन्।

साेही क्रममा उनले आज (शुक्रबार) पूर्व सहयाेद्धा तथा जनता समाजवादी पार्टीका संघीष परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।

भट्टराईकाे निवासमा उनलाई भेट्न विप्लव नेता धर्मेन्द्र बास्ताेलालाई साथमा लिएर गएका थिए।

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेकाे भाेलिपल्टै विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए।

खुमलटारमा भएकाे साे भेटमा विप्लवले पूर्व माओवादीहरुकाे एकताका लागि प्रचण्डलाई प्रस्ताव गरेका थिए।

त्यसकाे भाेलिपल्ट बिहीबार विप्लवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास काेटेश्वर पुगेर भेटवार्ता गरेका थिए। उक्त भेटमा पछि प्रचण्ड पनि मिसिएका थिए।

केपी ओली सरकारसँग तीन बुँदे सहमति गर्दै हिंसाकाे राजनीति त्यागेर मुलधारकाे राजनीतिमा आएका विपल्वले  देउवा सरकार बनेलगत्तै बढाएकाे अहिलेकाे भेटवार्तालाई अर्थपूर्ण  रुपमा हेरिएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org