ताजा समाचार

देउवाले विश्वासको मत लिने भएपछि हेलिकप्टरमा काठमाडौं आए गगन थापा

काठमाडाैँ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको आज बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने भएपछि सांसद गगन थापा तनहुँबाट हेलिकप्टर चढेर काठमाडौं फर्किएका छन्।

कांग्रेसको एक कार्यक्रममा सहभागी हुन पोखरा हुँदै वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँ पुगेका उनी हेलिकप्टर मगाएर हतार हतार दमौलीबाट काठमाडौं फर्किएका हुन्।

प्रधानमन्त्री देउवाले विश्वासको मत दिने टुंगो नभएको अवस्थामा आफू पार्टी कार्यक्रममा भाग लिन तनहुँ आएको उनले बताए। तर अचानक देउवाले विश्वासको मत लिने खबर आएपछि उनी हेलिकप्टरबाट काठमाडौं फिरेका हुन्। थापालाई लिनका लागि पार्टीले काठमाडौंबाटै हेलिकोप्टर पठाइदिएको  हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org