ताजा समाचार

ल्होत्से हलमा माधव नेपाल समूहको छलफल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संसद भवनमा छुट्टै छलफल चलिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि संसदमा छलफल चलिरहँदा माधव समूहका सांसदहरु भने छुट्टै छलफलमा रहेका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि माधव समूहका सांसदहरु छुट्टै छलफलमा बसेका हुन् ।

ठाकुर पक्षले पनि मत दिने भएपछि देउवाले एमालेको मतबिनै बहुमत पाउने भएका छन् । यसअघि ठाकुर पक्षले देउवालाई समर्थन गरेको थिएन भने माधव समूहले विश्वासको मत दिने तयारी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org