ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठक सुरु : विधान अधिवेशन मुख्य एजेन्डा

काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक सुरु भएको हो । एमाले स्थायी कमिटीका पछिल्ला बैठक पनि सोही स्थानमा बसेका थिए ।

आजको बैठक विधान अधिवेशनमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । त्यस्तै बैठकमा समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने तामाङले बताए ।

एमालेले पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदमाथि अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । तामाङले पनि पार्टीको अनुशासनात्मक विषय अगाडि बढ्ने बताए ।

एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । त्यस्तै १० जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन् भने भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए । यसअघि ओली समूहमा रहेका आठ जना सांसदले पनि विश्वासको मत दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org