ताजा समाचार

एमालेको स्थायी कमिटी बैठक बालकोटमा बस्दै

काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठक बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको घरमा बस्ने गरी बोलाइएको छ ।

आज ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको उक्त निर्णयपछि स्थायी कमिटीको बैठक बोलाइएको हो । एमालेको केन्द्रीय कमिटीको बैठक भने भोलि दिउँसो ३ बजे बस्ने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org