ताजा समाचार

बालकोटमा ओली र विप्लवको भेटवार्ता

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन् ।

ओलीनिवास बालकोट पुगेर विप्लवले ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट स्रोतले जनाएको छ । यसअघि विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए ।

विप्लव ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आएयता शीर्ष नेताहरुसँगको राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org