सरकारमा पठाउने मन्त्री टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरु टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।
दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले क–कसलाई सरकारमा पठाउने नाम टुंगो लगाउने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
पार्टी राजनीति र अन्य समसामयिक विषयमा पनि छलफल हुने कार्यसूची रहेको ढकालले बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले पम्फा भुसाल र जनार्दन शर्मालाई पठाइसकेको छ ।
सरकारमा सहभागिताका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । छलफलमा देउवाले सकेसम्म चाँडै सरकारमा पठाउने नाम टुंगो लगाउन आग्रह गरेका थिए ।
प्रचण्ड निवास पुगेका प्रधानमन्त्री देउवाले विरामीअवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...